

काठमाडौं, १८ चैत – चलचित्र ‘ब्ल्याक’ को नयाँ गीत सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्म युनिटले गीत सार्वजनिक गरेको हो ।
गीतको भिडियोमा आकाश श्रेष्ठ र आँचल शर्माले अभिनय गरेका छन् । त्यस्तै गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
मुस्ताङमा छायांकन गरिएको गीतमा भीएफएक्सको पनि प्रयोग गरिएको छ । गीतमा समीर मियाँले भीएफएक्स गरेका छन् ।
गीतमा सुगम पोखरेलले स्वर दिएका छन् भने डाक्टर कविराज बान्तवाले शब्द लेखेका हुन् । त्यस्तै महेश खड्काको संगीत सुन्न सकिन्छ ।
सार्वजनिक कार्यक्रममा बोल्दै आँचलले आफूले यो टिमसँग पहिलोपटक काम गरेपनि काम गर्न सहज भएको बताइन् । त्यस्तै निर्देशक प्रदीप श्रेष्ठले पनि नयाँ पुस्तालाई लिएर केही फरक काम देखाउन खोजेको बताए ।
फिल्ममा आकाश र आँचलका अलावा सुन्दर श्रेष्ठ, आयुष रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, सुशील क्षेत्री लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
चलचित्र अर्को वर्षको जेठ ११ मा रिलिज हुँदैछ ।
तपाईंको प्रतिक्रिया