अनमोल केसीको बलिउड इन्ट्री कस्तो रहला? − Kalakarita
अनमोल केसीको बलिउड इन्ट्री कस्तो रहला?

बिहीबार, जेठ २४, २०७५, ०५ : ५२कलाकारिता

काठमाडौं, २४ जेठ – अभिनेता अनमोल केसी यस मानेमा पनि लक्की स्टार हुन् कि, उनी यस मानेमा पनि लक्की स्टार हुन् कि, उनी खेलेका फिल्मले व्यापार राम्रो गर्छन् ।

उनले क्रेज पनि बाक्लो बनाएका छन् । अझ अर्को कुरा त उनलाई नेपाली निर्माताले फिल्म खेलाउन मरिहत्ते गर्छन् । अझ हिजो (बुधवार) मात्र भारतको एक पत्रिकाले अनमोल केसी बलिउड फिल्ममा इन्ट्री गरेको भन्दै समाचार छापेको थियो । उक्त समाचारलाई अनमोल केसीले फेसबूकमा शेयर समेत गरेका थिए ।

समाचारका अनुसार उनले एक शीर्षक नजुराइएको फिल्ममा खेल्ने भएका छन् । उक्त फिल्ममा अनमोलको भूमिका के भन्नेमा अझै खुलाइएको छैन तर अनमोल एक बलिउडको फिल्ममा अभिनय गर्ने लगभग पक्का जस्तै भएको छ ।

खासै राम्रो अभिनय नगर्ने भन्ने आरोप लाग्ने अनमोलको फ्यान फलोइङ भने ठूलो छ । त्यसो त उनले पछिल्लो फिल्म ‘कृ’ मा पनि उनले सक्दो अभिनय गर्न खोजेका थिए । यही फिल्मको नाममा उनले केही अवार्ड पनि हात पारे । तर, उनको अभिनयलाई धेरैले रुचाएनन् । बरु एक्सन पक्षलाई रुचाए ।

अनमोलको बलिउड इन्ट्री नेपाली फिल्म उद्योगका लागि नै खुशीको कुरा होला तर उनले राम्रो गर्न सकेनन् भने घरेलु फिल्ममा पनि उनको साख गुम्ने सम्भावना हुन्छ ।


तपाईंको प्रतिक्रिया