किन छोडिन् वर्षाले रानीमहल? − Kalakarita
किन छोडिन् वर्षाले रानीमहल?

बिहीबार, फागुन ३, २०७४, ०९ : ५२कलाकारिता

काठमाडौं, ३ फागुन – केही समय यता नायिका वर्षा शिवाकोटी फुर्सदमै छिन् । गएको दशैंदेखि वर्षाले एक फिल्ममा काम गर्ने कुरा भइरहेको बताउँदै आएकी थिइन् । तर फिल्मको नाम भने खुलाएकी थिइनन् । लामो समयदेखि काम गर्ने भनेर अल्झिरहेको चलचित्र ‘रानी महल’ बाट वर्षाले हात झिकिसकेकी छिन् ।

पहिलेदेखि नै फिल्म गर्छु भनेर रोकिएको फिल्म समयमा शूटिङ नभएको बरु यसै बीचमा अठ्ठाइस दिनको प्याकेजमा ‘भैरे’ को शूटिङ सकिएको वर्षाले बताइन् । ‘फिल्म छायांकन थाल्ने भन्दाभन्दै मिति सरिरह्यो, निर्माणको औपचारिक घोषणा त भयो तर छायांकनको छाँट देखिएन’, उनले भनिन्, ‘समयमा काम नहुने मानेर एडभान्स फिर्ता गरेकी हुँ ।’

चलचित्र रानीमहल असारमै छायांकन हुने भनिए पनि अहिलेसम्म कुनै काम अगाडि बढ्न सकेको छैन । ‘रानी महल’ को कथा रोमान्चक र त्रिकोणात्मक प्रेमकथा भन्दै आइएको छ । चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गर्ने र माघको तेस्रो सातादेखि फ्लोरमा जाने प्रेस मिटमा जानकारी गराइएको थियो । चलचित्र ‘रानीमहल’बाट वर्षा शिवाकोटीले मात्र होइन, अर्का अभिनेता प्रशान्त ताम्राकारले पनि हात झिकेका थिए ।


तपाईंको प्रतिक्रिया