कस्तो छ साम्राज्ञी र आयर्नको ‘कायरा’ को ट्रेलर? (भिडियो) − Kalakarita
कस्तो छ साम्राज्ञी र आयर्नको ‘कायरा’ को ट्रेलर? (भिडियो)

मंगलबार, असार १२, २०७५, ०९ : ५२कलाकारिता

काठमाडौं, १२ असार – पछिल्लो समयकी चल्तीका नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता आर्यन सिग्देलको फिल्म ‘कायरा’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका छन् ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर ट्रेलर सार्वजनिक गरिएपछि युट्युबमा भने एक दिन ढिला रिलिज भएको थियो । उक्त कार्यक्रममा बोल्दै निर्देशकले फिल्म लभ स्टोरीमा बनेको बताए । फिल्मलाई म्युजिकल लभस्टोरी भनिएको छ ।

दर्शकले साम्राज्ञी र आर्यनको जोडी पहिलोपटक हेर्न पाउनेछन् । ट्रेलरमा पनि साम्राज्ञी र आर्यन नै हाबी छन् । ट्रेलरलाई पूर्णतः लभस्टोरी झल्काउने खालको बनाउन खोजिएको छ ।

यो फिल्मको कथा स्वयम् आर्यन सिग्देलकै हो भने केदार भुसालले पटकथा तथा संवाद लेखेका छन् । फिल्मलाई लक्ष्मण रिजालले नै निर्माण गरेका हुन् भने सह–निर्मातामा दिनेश थापा र दिवस पराजुली छन् ।

त्यस्तै फिल्ममा वनिष शाह र मिलन श्रेष्ठको सम्पादन, प्रविण सिंहको कोरियोग्राफी, अर्जुन पोखरेल, कोशिश क्षेत्री र कल्याण सिंहको संगीत रहेको छ ।

फिल्म साउन १८ गतेबाट रिलिज हुँदैछ ।

 


तपाईंको प्रतिक्रिया