काठमाडौं, २९ जेठ – गायक राजेशपायल राईले अमेरिकामा रेकर्ड गरेको ‘उडी हराउने धुवाँ’ बोलको गीत सार्वजनिक गरिएको छ ।
अमेरिकामा बस्ने ममता राईले गीतका शब्द लेखेकी हुन् । यस गीतमा दिप घतानीको संगीत तथा एरेञ्ज छ भने गीतलाई विशाल चाैतारी मिडियाले सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतको बारेमा बोल्दै गायक राजेश पायल राईले गीतकार ममता राईको शब्दमा गीत राम्रो बनेको बताए । राजेश पालयलले भने ‘हामीले नेपाली चलचित्रका गीतहरु विदेशको कुरा गर्ने हो भने इन्डियामा मात्र रेकर्डिङ गरिरहेका हौं, तर म आफुलाई भाग्यमानी ठान्छु कि, मैले कोरिया, जापान र अमेरीकामा आफ्ना गीतहरु रेकर्ड गर्न पाइरहेको छु ।’
त्यस्तै गीतकार ममता राईलेपनि अमेरीकामै गीत रेकर्ड गर्न निकै गाह्रो भएको बताइन् । गीत रेकर्ड गर्न केही समस्या भएपनि दुख गरे अनुसार गीत राम्रो बनेको बताइन् ।
तपाईंको प्रतिक्रिया