बाल कविताः इच्छा − Kalakarita
बाल कविताः इच्छा

शनिबार, माघ २७, २०७४, ०९ : ५३कलाकारिता
दिपक दाहाल

सबको पीडा महसुस गरूँ
म फूल बनी सदा वास छरूँ
लिई विद्या सदा म ज्ञानी बनूँ
छन् सब सज्ञानी म भन्न सकूँ

दिलको सब फोहोर हटाऊँ
सत्कर्ममा आफूलाई खटाऊँ
फुलूँ फलूँ अरूलाई फुलाऊँ
जीवन नित्य कर्ममा भुलाऊँ

अरूलाई म देव ठान्न सकूँ
आफैँलाई नि ‘म’ मान्न सकूँ
हर चिज नहोस् मृगतृष्णा
मनबाट हटोस् सब वितृष्णा

सुख-दुःख नै हुन् जीवन चित्र
सुविचारको बास होस् मभित्र
भमरा बनी नेपाल् घुमिरहूँ
सब फूल ठानी म चुमिरहूँ

बनूँ एक असल मान्छे बनूँ
अरूको पीडा पनि आफ्नो भनूँ
म त साच्चै नेपाल बन्न सकूँ
गर्वले म नेपाली भन्न सकूँ


तपाईंको प्रतिक्रिया