भारतको महंगो फिल्म ‘२.०’ ले दोस्रो दिनसम्म कति कमायो? − Kalakarita
भारतको महंगो फिल्म ‘२.०’ ले दोस्रो दिनसम्म कति कमायो?

शनिबार, मंसिर १५, २०७५, १२ : ५३कलाकारिता

मुम्बई । भारतमा बनेको सबैभन्दा महंगो फिल्म ‘२.०’ लाई लिएर अहिले निकै चर्चा भइरहेको छ । खासगरी फिल्मको भीएफएक्स पक्ष र सन् २०१० मा बनेको फिल्म ‘रोबोट’ को सीक्वेल भएका कारणले पनि फिल्मप्रति दर्शकको रुचि छ ।

यो फिल्मले सर्वाधिक कलेक्सन गर्ने फिल्मको रेकर्ड राख्नेछ भन्ने धेरैलाई लागेको थियो । दक्षिण भारतीय फिल्म ‘बाहुबली २’ ले पनि १२३ करोडको रेकर्ड राखेको थियो । तर, पहिलो दिन ‘२.०’ ले ७० करोड कलेक्सन गरेको छ ।

यो फिल्म फरक–फरक भाषामा रिलिज भइरहेको छ । कतै नेट कलेक्सन र कतै ग्रस कलेक्सनको आँकडा आएका कारण फिल्मले ठ्याक्कै कति कमायो भन्ने सक्ने अवस्था छैन ।

यद्यपि दोस्रो दिन पनि सबै भाषामा रिलिज भएका फिल्मको कुरा गर्दा यो फिल्मको कलेक्सन त्यस्तै ७० करोड भएको भारतीय मिडियाले लेखेका छन् । हिन्दीमा पहिले दिन फिल्मले २०.२५ करोडको व्यापार गरेको थियो । दोस्रो दिन पनि यसैको आसपास भएको बताइएको छ ।

शनिवार र आइतवार भने फिल्मको कलेक्सन बढ्ने अनुमान लगाइएको छ । यो फिल्ममा रजनीकान्त, अक्षयकुमार र एमी ज्याक्सनको मुख्य भूमिका रहको छ । चलचित्रले समीक्षात्मक हिसाबले मिश्रित प्रतिक्रिया पाइरहेको छ ।


तपाईंको प्रतिक्रिया