ट्रोल बने पल शाह, के भनेका थिए त्यस्तो? − Kalakarita
ट्रोल बने पल शाह, के भनेका थिए त्यस्तो?

बुधबार, चैत्र २१, २०७४, ०५ : ५३कलाकारिता

काठमाडौं, २१ चैत – चलचित्र ‘शत्रु गते’ राम्रो प्रतिक्रिया पायो तर फिल्मका मुख्य अभिनेता पल शाहले खासै राम्रो तारिफ पाउन सकेनन् । तर, फिल्म हिट भयो ।

लगत्तै चलचित्र ‘लिलिबिली’ को प्रचारमा जुटेका प्रदीप खड्का र मिडियासामु खुलेर बोलिरहेका थिए । संयोगले यी दुईले एक युट्युब च्यानललाई सँगै अन्तर्वार्ता दिए ।

सोही अन्तर्वार्तामा अभिनेता पल शाहले भनेका छन्, ‘हामी तीन, चार जनाले मात्र यो क्षेत्र धान्न सक्दैनौं, हामीजस्तो कलाकार अझै दश/बाह्र जना चाहिन्छ ।’

त्यही कुरालाई लिएर यतिबेला पल शाहलाई ट्रोल बनाइएको छ । तर, पलले पनि खासै त्यस्तो केही भनेका थिएनन् । पलले पत्रकारले सोधेको प्रश्नको उत्तर दिएका थिए । पूरै अन्तर्वार्तामा उनले फिल्म क्षेत्रका समस्या र चुनौतीका बारेमा पनि खुलेर कुरा गरेका छन् ।


तपाईंको प्रतिक्रिया