रजनीकान्त र अक्षयकुमारको ‘२.०’ फस्यो − Kalakarita
रजनीकान्त र अक्षयकुमारको ‘२.०’ फस्यो

शुक्रबार, असार १, २०७५, ०९ : ५३कलाकारिता

मुम्बई – सुपरस्टार रजनीकान्तको फिल्म भनेपछि यसै क्रेज हुने गर्छ । फिल्ममा उनलाई उभ्याइदियो भने मात्र पनि उनको फिल्म चल्छ । त्यस्तो क्रेज सिर्जना भइसकेको छ । दक्षिण भारतका सुपरस्टार पछिल्ला केही वर्षदेखि विश्वव्यापी रुपमा चिनिन थालिसकेका छन् ।

केही दिनअघि रिलिज भएको फिल्म ‘काला’ ले आक्रामक व्यापार गरेको थियो । अब उनी अर्को फिल्म ‘रोबोट’ को सिक्वेलमा देखिनेछन् । ‘२.०’ नाम दिइएको उक्त सिक्वेलको दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेका छन् । तर फिल्म रिलिज हुने कुनै छाँट देखिएको छैन ।

फिल्मको रिलिज मिति बारम्बार सर्दै गएको छ । फिल्ममा अक्षय कुमारले भिलेनको भूमिका निभाएका छन् । खबरका अनुसार यो फिल्म यतिबेला ठूलो पोस्ट–प्रोडक्सनको समस्यामा फसेको छ । यो फिल्म पहिले मे २०१८ मा रिलिज हुने भनिएको थियो । पछि फेरि अगस्तमा सारियो ।

पोस्ट प्रोडक्सनको काम त्यति सजिलो छैन । यसका लागि अझ धेरै समय लाग्ने देखिएको छ । जसका कारण यो फिल्म सरेर फेरि सन् २०१९ मा पुगेको छ । सीजीआई (कम्युटरमार्फत गरिने एनिमेसनको एक प्रविधि) का कारण फिल्मलाई अझै समय लाग्ने भएको छ । फ्यान भने यो फिल्मको लामो समयदेखि प्रतीक्षामा छन् ।

चलचित्रलाई शंकरले निर्देशन गर्नेछन् भने एमी ज्याक्सन पनि फिल्ममा हुनेछिन् ।


तपाईंको प्रतिक्रिया