आइतबार, जेठ २०, २०७५, ०८ : ५३
कलाकारिता


काठमाडौं, २० जेठ – गायक तथा संगीतकार चेतन सापकोटाले नयाँ गीत बजारमा ल्याएका छन् । उनले ल्याएको नयाँ गीतमा परदेशीको पीडालाई व्यक्त गरिएको छ ।
‘घरको याद’ बोलको गीतमा परदेशीले कसरी घरको याद गर्छ भन्ने विषय समेटिएको छ । गीतमा शब्द र संगीत पनि सापकोटाकै रहेको छ ।
साथै गीतको भिडियोलाई विशाल भट्टले छायांकन गरेका छन् । त्यस्तै राजु, रोमा कँडेल र दोचाराम सापकोटाले अभिनय गरेका छन् । गीतको भिडियोलाई गायक चेतन सापकोटाले नै निर्देशन गरेका हुन् ।
तपाईंको प्रतिक्रिया