काठमाडौं, १५ चैत – चैत ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ टिमले ६ दिनको ग्रस कलेक्सन सार्वजनिक गरेको छ । राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी निर्माण टिमले व्यापारिक रिपोर्ट सार्वजनिक गरेको हो ।
उपत्यकाका लागि वितरकको जिम्मा पाएका गोपाल कायस्थ र मोफसलका वितरण हेरेका एफडी कम्पनीका विक्रम पराजुलीले व्यापारिक रिपोर्ट सार्वजनिक गरे ।
चलचित्रले शुक्रवारदेखि बुधवारसम्म राजधानीमा ३ करोड २५ लाख ग्रस कलेक्सन गरेको र मोफसलबाट २ करोड ३७ लाख गरी कुल ५ करोड ६२ लाखको कारोवार गरेको बताइएको छ ।
कार्यक्रममा हरिवंश आचार्य, प्रदीप भट्टराई, आँचल शर्मा, किरण केसी लगायत उपस्थित थिए ।
कमेडी जानरामा निर्माण भएको चलचित्रले दर्शकको मन जितेको छ । सकारात्मक प्रतिक्रिया पाएको चलचित्र ‘शत्रु गते’ लाई जात्रा निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा मह जोडी, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, किरण केसी, पल शाह र आँचल शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्र भोलि शुक्रवारबाट दोस्रो हप्तामा रिलिज हुँदैछ ।
तपाईंको प्रतिक्रिया