प्रेमका लागि सुशीलको यत्रो कसरत? − Kalakarita
प्रेमका लागि सुशीलको यत्रो कसरत?

आइतबार, फागुन २०, २०७४, १२ : ५३कलाकारिता

काठमाडौं, २० फागुन – अभिनेता सुशील श्रेष्ठ पछिल्लो समयका युवा अभिनेतामध्ये एक हुन् । उनले अभिनय गरेका चलचित्र ‘होस्टल २’ र ‘कारखाना’ ले राम्रो व्यापार गरेनन्, त्यो पक्का हो । अभिनयमा पनि खासै दम दिन नसकेका सुशीलका फलोअर्स नभएका भने होइनन् ।

उनको ज्यान पहिलेदेखि नै खाइलाग्दो छ । यतिबेला भने उनले एक चलचित्रको लागि कडा मेहनत गरेका केही भिडियो दृश्य आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका छन् ।

सौरभ चौधरीले निर्देशन गर्ने चलचित्र ‘लभ डाइरिज’ मा लभर ब्याइका रुपमा देखिन लागेको सुशील यतिबेला फिल्मकै लागि कडा मेहनत गरिरहेका छन् । उनले यही फिल्मका लागि भनेर केही फरक लूक्स दिने कोशिशमा पनि छन् । साथै उनले फिल्मका लागि भने आफ्नो ज्यान बनाइरहेका छन् ।

फिल्मका लागि गरेको कसरतको भिडियो हेरेर उनलाई उनका फ्यानले विभिन्न प्रतिक्रिया पनि दिएका छन् ।

सुशील श्रेष्ठ, रुविना थापा, विश्वजीत रिमाल, विष्णु सापकोटा लगायतका कलाकारको अभिनय रहने चलचित्रलाई विनोद सापकोटाले निर्माण गरेका हुन् ।

चलचित्रमा सञ्जय लामाको छायांकन, कोरियोग्राफी कविराज गहतराजको, संगीत अर्जुन पोखरेल र प्रविन पौडेलको हुनेछ ।


तपाईंको प्रतिक्रिया