काठमाडौं । पछिल्लो समय चलचित्र ‘कथा काठमाडौं’ का कारणले चर्चामा रहेका कलाकार प्रमोद अग्रहरीले आफूले नायक या खलनायकको परिचय बनाउन नचाहेको बताएका छन् । काठमाडौंमा उनले औपचारिक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
‘कथा काठमाडौं’ को कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै उनले भने, ‘मलाई नायक या खलनायक भएर चिनिनु छैन, मलाई त कलाकार भएर नै विभिन्न भूमिका निभाउन छ, बल्ल त आफूलाई कलाकारका रुपमा चिनाउने मौका पाएको छु ।’
साथै उनले आफ्नो भूमिकालाई राम्रोसँग निभाउन सक्दो प्रयास गर्ने पनि बताए । उनी यतिबेला फिल्मको गीत र ट्रेलरबाट चर्चामा छन् ।
उनी अभिनिच चलचित्र ‘कथा काठमाडौं’ यतिबेला चर्चामा छ । जुन चलचित्रमा उनी नकारात्मक भूमिकामा देखिएका छन् ।
यो फिल्म असोज १२ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
तपाईंको प्रतिक्रिया