सकियो हास्य चलचित्र ‘चंगा’ को छायांकन, रिलिज कहिले? − Kalakarita
सकियो हास्य चलचित्र ‘चंगा’ को छायांकन, रिलिज कहिले?

शुक्रबार, माघ २६, २०७४, ०१ : ५३कलाकारिता

काठमाडौं, २६ माघ – एक महिनाअघि निर्माण घोषणा गरी फ्लोरमा गएको चलचित्र ‘चंगा’ को छायांकन सकिएको छ । लामो समयदेखि हास्य टेलिश्रंखला ‘डिट्ठा साप’ निर्देशन गर्दै आएका किशोर भण्डारीले चलचित्रको निर्देशन गरेका हुन् ।

आफैले लेखेको हास्य जानराको चलचित्रमा बुद्धि तामाङ, अंकित खड्का, लक्ष्मी बर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको छायांकन रविन आचार्यले गरेका हुन् ।

शुक्रवार काठमाडौंका अनामनगर, बानेश्वर रत्नपार्क लगायतका स्थानमा छायांकन गरिएको थियो । निर्देशक भण्डारीले चलचित्रको शूटिङ सोचेभन्दा पनि राम्रो भएको बताए । ‘हामीले सोचेभन्दा पनि राम्रो काम भएको छ, कलाकार‌ले पनि उत्सुकताका साथ काम गरे’, उनले थपे ‘भोलिदेखि नै सम्पादनमा जाँदैछौं ।’

आउँदो वर्षको जेठ ११ गतेदेखि प्रदर्शन गर्ने तयारीका साथ निर्माण भइरहेको चलचित्रलाई रेश्मा तिमिल्सिनाले निर्माण गरेकी हुन् ।


तपाईंको प्रतिक्रिया