मुकेश मल्ललाई ललितकला पुरस्कार प्रदान गरिने − Kalakarita
मुकेश मल्ललाई ललितकला पुरस्कार प्रदान गरिने

बिहीबार, भाद्र १४, २०७५, ०७ : ५३कलाकारिता

काठमाडौं, १४ भदौ – यस वर्षको ललितकला पुरस्कार कलाकार मुकेश मल्ललाई प्रदान गरिने भएको छ । कलाकार दुर्गा बरालले स्थापना गरेको यो पुरस्कारलाई पोखरेली युवा सांस्कृतिक परिवारले सञ्चालन गर्दै आएको छ ।

काठमाडौंमा बसेर कलाकारिता गर्दै आएका मुकेश वि.सं. २०१० मा धनकुटामा जन्मेका हुन् । उनलाई भदौ २२ गते एक कार्यक्रमको आयोजना गरेर १० हजार नगद रुपैयाँ र सम्मान पत्रले पुरस्कृत गरिनेछ ।

ललितकला पुरस्कारबाट यसअघि कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थ, बुद्धि गुरुङ, हरेराम जोजिजु, यादवचन्द्र भुर्तेल, सरोजा खड्ग, लोकप्रसाद गुरुङ र राजन काफ्लेलाई पुरस्कृत गरिसकिएको छ ।

 


तपाईंको प्रतिक्रिया