पोखरा, १९ चैत – ‘मुक्तकको उत्थान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ पोखरामा रही लामो समयदेखि मुक्तकको जर्गेनामा सक्रिय मुक्तक मञ्च, पोखराले ‘मुक्तक महोत्सव २०७४’ गर्ने भएको छ ।
पोखरामा यही चैत २२, २३ र २४ गतेसम्म चल्ने मुक्तक कार्यक्रममा पोखरामा सक्रिय मुक्तककारले आफ्ना मुक्तक सुनाउने छन् । साथै महोत्सवमा २२ गते अतिथि स्वागत, परिचयात्मक कार्यक्रम तथा गोष्ठी कार्यक्रम राखिएको छ ।
त्यस्तै दोस्रो दिन २३ गते पुस्तक समीक्षा तथा बहस र आजिवन सदस्यता वितरण गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
अन्तिम दिन २४ गते राष्ट्रिय मुक्तक पुरस्कार वितरण गरिने र मुक्तक संग्रह ‘यानी’ को विमोचन, मुक्तक वाचन, प्रशंसा पत्र र मायाको चिनो वितरण गरिने कार्यक्रम राखिएको छ ।
मुक्तक मुञ्च पोखराले आयोजना गरेको महोत्सवमा सह–आयोजकका रुपमा रोट्र्याक क्लब अफ हेम्जा रहेको छ । महोत्सव सृजनाचोकमा हुनेछ ।
तपाईंको प्रतिक्रिया