सचिनकी प्रेमिका बनिन् स्वस्तिमा (भिडियो) − Kalakarita
सचिनकी प्रेमिका बनिन् स्वस्तिमा (भिडियो)

बिहीबार, चैत्र २२, २०७४, १२ : ५४कलाकारिता

काठमाण्डौ, २१ चैत – आधुनिक पप विधामा स्थान बनाईरहेका गायक टेकन दाहालको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘तिमीबाट’ बोलको यस गीतमा शब्द तथा संगीत कमल खत्रीको रहेको छ ।

भिडियोमा नायिका स्वस्तिमा खड्का र मोडल सचिन अधिकारीको अभिनय छ । भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । मोडल सचिनले यसै गीत मार्फत अभिनयमा डेब्यू गरेका हुन् ।

गीतले प्रेमी-प्रेमिकाको अञ्जानको गल्तीले निम्त्याएको घटनाको बयान गरेको छ । गर्भवती बनेपछि खुशी बनेकी प्रेमिकाले प्रेमीलाई यो कुरा सुनाउँदा बेवास्ता गरेपछि प्रेमिकाले आत्महत्या गरेपछिको भावनात्मक पागलपनलाई गीतको भिडियोमा प्रस्तुत छ ।

भिडियोको छायांकन अनिल के मानन्धरले गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

(इमेलमा प्राप्त यो समाचार कलाकारिता टिमबाट सम्पादन गरिएको छैन ।)


तपाईंको प्रतिक्रिया