मार्सल आर्ट खोल्ने तयारीमा अजय देवगन − Kalakarita
मार्सल आर्ट खोल्ने तयारीमा अजय देवगन

मंगलबार, फागुन २९, २०७४, १० : ५४कलाकारिता

नयाँ दिल्ली – अभिनेता अजय देवगनले छिट्टै नै दुई मिक्स्ड मार्सल आर्टस (एमएमए) जिम खोल्ने भएका छन् ।

देवगनले एक अन्तर्वार्तामा भनेका छन्, ‘पूरै देशमा एमएमएको शक्ति र गहनताप्रति जागरुकता फैलाउन म इच्छुक छु, म महाराष्ट्रभरमै एमएमए स्टुडियो खोल्नमा प्रनिवद्ध छु ।’

एमटिभी च्यानलमा प्रसारित भइरहेको ‘एमटिभी सुपर फाइट लीग’ को दोस्रो सिजनको हिस्साका रुपमा अजयले जिम खोल्न लागेका हुन् ।उनले युवा देशको भविष्य भएको एमएमएमार्फत परिवर्तन चाहेको बताएका छन् ।

उनको फिल्म ‘रेड’ प्रदर्शनको तयारीमा छ ।


तपाईंको प्रतिक्रिया