अञ्जली र शान्तिश्रीको तीजको गीत ‘रातो साडीमा’ − Kalakarita
अञ्जली र शान्तिश्रीको तीजको गीत ‘रातो साडीमा’

सोमबार, असार २५, २०७५, ०८ : ५४कलाकारिता

काठमाडौं, २५ असार – गीत ‘बोल माया’ बाट एकाएक चर्चामा आएकी शान्तिश्री परियारको स्वर रहेको तीजको गीत सार्वजनिक भएको छ । परियारलाई नरेन्द्र साउदले स्वरमा साथ दिएका छन् ।

‘रातो साडीमा’ बोलको गीतमा अञ्जली अधिकारीले कम्मर मर्काएकी छिन् । त्यस्तै गीतमा संगीत र शब्द के केशर राजले दिएका छन् । गीतका शब्द रमाइला छन् । तीजका गीतमा पनि अश्लीलता भेटिइरहेका बेला यो गीत आनन्दले सुन्न सकिने खालको छ ।

गीतको भिडियोलाई प्रकाश खड्काले खिचेका छन् भने अञ्जली र ओबी रायमाझी नाचेका छन् ।

विक्रम चौहानले निर्देशन गरेको भिडियोलाई मिलन विकले सम्पादन गरेका हुन् ।


तपाईंको प्रतिक्रिया