आँचल देखिइन् आकाशसँग, ‘ब्ल्याक’ को फस्ट लूक सार्वजनिक − Kalakarita
आँचल देखिइन् आकाशसँग, ‘ब्ल्याक’ को फस्ट लूक सार्वजनिक

सोमबार, फागुन १४, २०७४, ०८ : ५४कलाकारिता

काठमाडौं, १४ फागुन – चलचित्र ‘ब्ल्याक’ को फस्ट लूक सार्वजनिक गरिएको छ ।  ०७५ को जेठ ४ गते रिलिज हुने चलचित्रको पोस्टरकम आकाश श्रेष्ठ र आँचल शर्मालाई केन्द्रमा राखिएको छ ।

प्रेमिल र एक्सन देखिने भिन्दाभिन्दै पोस्टरमा आकाश र आँचल अटेका छन् । पल शाह बाहेक अरु कलाकारसँग खासै नदिखिएकी आँचल यस फिल्ममा आकाशसँग देखिएकी छिन् ।

चलचित्रलाई एक्सन लभ स्टोरी भनिएको छ । निर्देशक प्रदीप श्रेष्ठले चलचित्रले हलमै फिल्म हेर्न नजाने दर्शकलाई पनि हलसम्म तान्ने बताए । ‘दर्शकको मनोभावना बुझेर हामीले फिल्म बनाएका छौं’, निर्देशकले बताए । चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका हुन् ।

फिल्ममा महेश खड्का र प्रतीक पौडेलको संगीत छ । आश्मा पाण्डेले लगानी गरेको फिल्ममा चेतनकुमार पाण्डे कार्यकारी निर्माताका रुपमा रहेका छन् ।


तपाईंको प्रतिक्रिया