फिल्म ‘शत्रु गते’ तेस्रो हप्तामा पनि उत्साहजनक, कति कमायो? − Kalakarita
फिल्म ‘शत्रु गते’ तेस्रो हप्तामा पनि उत्साहजनक, कति कमायो?

शुक्रबार, चैत्र २३, २०७४, ०८ : ५४कलाकारिता

काठमाडौं, २३ चैत – चैत ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ तेस्रो हप्तामा प्रवेश गरेको छ । फिल्मले तेस्रो सातामा पनि मल्टिप्लेक्स देखि सिंगल थिएटरका हल पाइरहेको छ । फिल्मले माउथ पब्लिसिटी सकारात्मक पाएकाले फिल्मले राम्रो व्यापार गरिरहेको छ ।

कमेडी जानराको चलचित्र तेस्रो हप्तामा आइपुग्दा पनि राम्रो व्यापार गरेको र प्रशस्तै हल पाएको निर्माण टिमले जनाएको छ । साथै एसईईको परीक्षा सकिएलगत्तै विद्यार्थीले फिल्म हेर्दा फिल्मले निरन्तर दर्शक पाएको बताइएको छ । विरतक गोपालकाजी कायस्थले फिल्मले अझै पनि राम्रो व्यापार गरेको बताए । त्यस्तै अर्का वितरक विक्रम पराजुलीले पनि फिल्मले आशालाग्दो व्यापार गरेको बताए ।

निर्माण टिमको दाबीलाई आधार मान्ने हो भने फिल्मले तेस्रो हप्तामा आइपुग्दा ८ करोड बराबरभन्दा बढीको ग्रस कलेक्सन गरेको छ । काठमाडौंका अधिकांश मल्टिप्लेक्स हलमा लागेको ‘शत्रु गते’ ले राम्रो व्यापार गरेका कारण पर्याप्त हल पाएको बताइएको छ ।

चलचित्रलाई ‘जात्रा’ का निर्देशक प्रदीप भट्टराईले फिल्मलाई निर्देशन गरेका हुन् । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, किरण केसी, पल शाह, आँचल शर्मा, रमेश रञ्जन झा लगायतका कलाकारले यसमा अभिनय गरेका छन् । फिल्मको मुख्य कथा पल र आँचलको बिहे वरिपरि घुमेको छ ।

फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । त्यस्तै चलचित्रलाई दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल, स्व.यशोदा श्रेष्ठ र रमिला आचार्यले मिलेर निर्माण गरेका हुन् ।


तपाईंको प्रतिक्रिया