रणवीर कपूरको ‘सञ्जु’ ले बक्स अफिसमा कति कमायो? − Kalakarita
रणवीर कपूरको ‘सञ्जु’ ले बक्स अफिसमा कति कमायो?

सोमबार, असार १८, २०७५, ०९ : ५४कलाकारिता

मुम्बई – रणवीर कपूर स्टारर फिल्म ‘सञ्जु’ शुक्रवारदेखि प्रदर्शनमा आएको थियो । सञ्जय दत्तको जीवनमाथि बनेको यो फिल्मले समीक्षकदेखि लिएर दर्शकको चित्त बुझायो ।

समीक्षात्मक रुपले पनि सफल यो चलचित्रले बक्स अफिसमा धमाकेदार व्यापार गरेको छ । फिल्मले पहिलो विकेन्ड अर्थात् तीन दिनमा १ सय करोडको आँकडा पार गरेको छ । यति मात्र होइन, यो फिल्म पहिलो विकेन्डमा सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ ।

फिल्मले शुक्रवार ३४ करोड ७५ लाख, शनिवार ३८ करोड ६० लाख र आइतवार ४५ करोडको हाराहारीमा कमाइ गरेको छ । फिल्मले तीन दिनमा १ सय १५ करोडको आँकडा पार गरेको बताइएको छ ।

तीन दिनमै यो फिल्म सन् २०१८ को टप ५ फिल्ममा सामेल भइसकेको थियो । फिल्मले अब सलमान खानको ‘रेस ३’ ले भन्दा पनि बढी कमाउन सक्छ । फिल्मको सकारात्मक समीक्षा र दर्शकको पब्लिसिटीले गर्दा फिल्मले राम्रो व्यापार गरिरहेको छ ।


तपाईंको प्रतिक्रिया