

काठमाडौं, १२ जेठ – पहिलो नेपाल आइडलको उत्कृष्ट दुईमा पर्न सफल निशान भट्टराईले लामो समयपछि गीत सार्वजनिक गरेका छन् । लोकशैलीको उक्त गीतमा उनी आफै फिचरिङमा छन् । नेपाल आइडलमा सहभागी निशान लोकप्रिय मध्येका एक हुन् ।
उक्त गीतको भिडियोमा एलिशा राईले पनि कम्मर मर्काएकी छिन् । गीतमा र कम्पोज राजेन्द्र भट्टको रहेको छ भने स्वर निशान भट्टराईको रहेको छ । गीत मौलिक भाकामा तयार पारिएको छ । गीतमा प्रेमका भावलाई समावेश गरिएको छ ।
गीतको भिडियोमा सम्पादन र भीएफएक्स टेकेन्द्र शाहले लेखेका हुन् भने गीतलाई मनोज बस्नेतले निर्माण गरेका हुन् । यो गीत रिलिज भएको केही समयमै युट्युबको ट्रेन्डिङमा परेको थियो ।
तपाईंको प्रतिक्रिया