निशा अधिकारीले किन अमेरिका पुगेर बच्चा जन्माइन्? − Kalakarita
निशा अधिकारीले किन अमेरिका पुगेर बच्चा जन्माइन्?

शनिबार, जेठ ५, २०७५, ०८ : ५५कलाकारिता

काठमाडौं, ५ जेठ – अभिनेत्री निशा अधिकारीले क्रिकेटर शरद भेषवाकरसँग बिहे गरेको केही वर्ष भयो । नेपाली फिल्ममा त्यति सक्रिय नभएकी यी अभिनेत्री सामाजिक सञ्जालमा भने बढी नै सक्रिय देखिन्छिन् ।

यसैबीच उनले आफ्नो पहिलो सन्तानलाई अमेरिकामा पुगेर जन्म दिएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबूकमा आफ्नो बच्चाको तस्वीर राख्दै खुशी व्यक्त गरेकी छिन् ।

लामो समयदेखि अमेरिकामा बाक्लै आउजाउ भएपनि उनले अमेरिकामै बच्चा जन्माउने निर्णय गर्नुको कारण अमेरिकामा गर्भवती दिएका बच्चालाई अमेरिकी सरकारले नागरिकता दिने भएकाले उनले अमेरिकामा बच्चा जन्माउने योजना बनाएको फिल्म वृत्तमा चर्चा चलेको छ ।

साथै उनले आफ्नो बच्चाको नाम पनि शेयर गरेकी छिन् । उनले फेसबूकमा लेखेको स्टाटसका अनुसार छोराको नाम निशरद राखेकी छिन् ।

नेपाली कलाकार, जसले अमेरिकासँग राष्ट्रियता साटे

 


तपाईंको प्रतिक्रिया