शुरु भयो रेखाको फिल्म ‘मालिका’ को छायांकन − Kalakarita
शुरु भयो रेखाको फिल्म ‘मालिका’ को छायांकन

मंगलबार, वैशाख २५, २०७५, ०३ : ५५कलाकारिता

काठमाडौं, २५ वैशाख – रेखा फिल्मसको ब्यानरमा बन्न लागेको चलचित्र ‘मालिका’ को छायांकन थालिएको छ । उक्त फिल्म रेखा आफैले निर्देशन गर्न लागेकी हुन् ।

राजधानीमा छायांकन भइरहेको फिल्मपछि चलचित्र युनिट कोहलपुर र जाजरकोट छायांकनका लागि जानेछ । जाजरकोटकी चौध वर्षीय बालिका कमला ओलीको मुख्य भूमिका रहने फिल्मले बाल विवाहको कथालाई उठान गरिएको बताइएको छ । रेखाले आफ्नै कथा र कन्सेप्टमा फिल्म निर्माण गर्न लागेकी हुन् ।

यो फिल्मलाई यही वर्ष लक्ष्मी पूजा अर्थात् कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने तयारी गरिएको बताइएको छ । चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गर्दैछन् भने फिल्ममा रेखा र नरबहादुर कार्कीले लगानी गर्दैछन् ।


तपाईंको प्रतिक्रिया