वीर अस्पताल सफा गर्न जुटेका धुर्मुस आफै बिरामी − Kalakarita
वीर अस्पताल सफा गर्न जुटेका धुर्मुस आफै बिरामी

मंगलबार, जेठ १५, २०७५, ०७ : ५५कलाकारिता

काठमाडौं, १५ जेठ – पछिल्लो समय सामाजिक अभियन्ताका रुपमा खटेका हास्यकलाकार धुर्मुस बिरामी परेका छन् । लामो समयदेखि ग्याष्ट्रिकलाई झेल्दै आउका सीताराम कट्टेल (धुर्मुस) को घाँटीमा समस्या देखिएको हो ।

उनको बोली राम्रोसँग खुलेको छैन । लामो समयदेखि ग्याष्ट्रिक भएको र त्यसको एन्टिबाइटिक औषधि खाँदा असर परेको उनले बताए । यतिबेला उनले घाँटी र पेट दुवैको औषधि लिइरहेका छन् ।

वीर अस्पताललाई रंग रोगन गर्नका लागि आफै खटिएका धुर्मुस प्रायः वीर अस्पतालमै हुन्छन् । उनीसँगै त्यहाँ अरु ८२ जनाले रंग लगाइरहेका छन् भने प्लम्बर, इलेक्ट्रोसियनले पनि काम गरिरहेका छन् ।

‘म आफै पनि यहाँ खटेर लागेको छु, विभिन्न परिस्थितिले गर्दा ग्याष्ट्रिक निको भएको थिएन, अहिले घाँटीमा पनि समस्या देखिएको छ’, धुर्मुसले भने, ‘हामीले दिउँसोमा बिरामीको चाप एकदमै धेरै भएकाले गर्दा रातिमा रंग बढी खटिएर रंग लगाउने काम गरिरहेका छांै, बिरामीेले पनि हामीलाई हौसला बढाउनुभएको छ ।’

दिनरात रंग लगाउनैमा व्यस्त धुर्मुसले बिरामी फलोअपमा आउने बिरामी खुशी भएको बताए । साथै उनले वीर अस्पताललाई जतिसक्दो छिटो रंगीन बनाउने बताए । उनले भने, ‘कति प्रतिशत काम सकियो भन्ने त अहिले नै भन्न मिल्दैन तर हामी जतिसक्दो छिटो काम भ्याउने तयारी गरिरहेका छौं ।’

पछिल्लोपल्ट बिहीबार, जेठ १७, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया