फान अवार्डः सार्वजनिक भयो उत्कृष्ट पाँचको मनोनयन, यस्तो छ पूर्ण सूची − Kalakarita
फान अवार्डः सार्वजनिक भयो उत्कृष्ट पाँचको मनोनयन, यस्तो छ पूर्ण सूची

बिहीबार, चैत्र ८, २०७४, ०४ : ५५कलाकारिता

काठमाडौं, ८ चैत – नेपाल चलचित्र कलाकारले आयोजना गर्न लागेको यस वर्षको ‘फान अवार्ड २०७३’ मा मनोनयनमा परेका उत्कृष्ट पाँचको सूची सार्वजनिक भएको छ । राजधानीमा बुधवार कार्यक्रमको आयोजना गरी कलाकार तथा पत्रकारका सूची सार्वजनिक गरियो ।

वि.सं. २०७३ सालमा प्रदर्शनमा आएका ८८ चलचित्रमध्ये उत्कृष्ट पाँच छानिएको हो । छनोटका लागि ७ सदस्यीय प्राररम्भिक छनोट सिफारिस समितिले छनोट गरेका फिल्मबाट मुख्य निर्णायक समितिले उत्कृष्ट पाँच छानेको हो ।

कलाकारिता क्षेत्रमा लागिपरेका कलाकारलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजकले अवार्ड कार्यक्रम गर्न लागेको बताएको छ ।
राजधानीमा यही चैत १६ गतेदेखि हुने फान अवार्डको सूचीमा चलचित्र के म तिम्रो होइन र?, गाजलु, छक्का पञ्जा, जात्रा, लूट २ चलचित्र उत्कृष्ट चलचित्रको मनोनयनमा परेका छन् ।

त्यस्तै निर्देशनमा ‘के म तिम्रो होइन र’बाट आकाश अधिकारी, ‘गाजलु’बाट हेमराज बिसी, ‘पुरानो डुङ्गा’बाट रामबाबु गुरुङ, ‘लुट २’ बाट निश्चल बस्नेत र ‘बीर बिक्रम’बाट मिलन चाम्स छानिएका छन् ।

त्यस्तै अभिनेतातर्फ दीपकराज गिरी, सौगात मल्ला, दयाहाङ राई, माओत्से गुरुङ, विपिन कार्की र उत्कृष्ट अभिनेत्रीको मनोनयनमा केकी अधिकारी, वर्षा राउत, प्रियंका कार्की, शिल्पा पोखरेल र सिर्जना सुब्बा मनोनयनमा परेका छन् ।

हेर्नुस् मनोनयनको पूर्ण सूचीः


तपाईंको प्रतिक्रिया