सोमबार, चैत्र ५, २०७४, ०९ : ५६कलाकारिता
काठमाडौं, ५ फागुन – लोकगीतमा पनि कमेडी गीत गाउने पशुपति शर्माले नयाँ गीत बजारमा ल्याएका छन् ।
‘तेरी बूढी आई, मीठो मीठो खाई’ बोलको गीतमा पीडाको भावनालाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।
गीतमा पशुपति शर्मा र लक्ष्मी बानियाँको स्वर छ । त्यस्तै गीतमा शब्द र संगीत शर्मा आफैले लेखका हुन् । गीतको भिडियोमा पशुपति शर्मा, लक्ष्मी, युवराज, राजेन्द्र लगायतले अभिनय गरेका छन् ।
भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका हुन् । त्यस्तै निर्देशन र छायांकन दुर्गा पौडेलले गरेका हुन् ।
तपाईंको प्रतिक्रिया