

काठमाडौं, ५ वैशाख – बलिउड अभिनेत्री ल्याकलिनलाई आफूसँग काम गर्नेलाई कसरी खुशी राख्ने भन्ने राम्रै आइडिया छ । उनले आफूसँग काम गर्नेलाई परिवारका हिस्सा नै मान्ने गर्छिन् । हालै उनले आफ्नो मेकअप आर्टिस्ट शानको जन्मदिनमा महंगो कार गिफ्ट दिएकी छिन् ।
ज्याकलिन शानसँग केही वर्षदेखि काम गर्दै आइरहेकी छिन् । उनले जन्मदिनको अवसर पारेर सरप्राइज गिफ्ट दिइन् । जुन कुरालाई शानले सामाजिक सञ्जालमा धन्यवाद दिँदै पोस्ट गरे । खुशी हुँदै उनले लेखे, ‘केही यस्तो तरिकाले मेरो जन्मदिन शुरु भयो, ज्याकलिनले साँच्चिकै सरप्राइज दिइन्, जब उनले मलाई आफ्नो कारसम्म जानका लागि भिडियो रेकर्ड गर्न भनिन्, मलाई थाहा थिएन नि मेरा लागि के सरप्राइज दिँदै छिन् ।’
उनले भिडियो शेयर गरेका छन् , जसलमा जसमा ज्याकलिन कारसम्म जान्छिन् र शानलाई गाडीको चाँबी दिन्छिन् ।
भारतीय समाचारले लेखेअनुसार यो गाडी ज्याकलिनले आफै रोजेकी हुन् । उनले यसका लागि सिद्धार्थ मल्होत्राको मद्दत लिएकी थिइन् । जानकारीका अनुसार गाडीको २० लाख भारु पर्छ ।
तपाईंको प्रतिक्रिया