फिल्म ‘बाह्र मा से’ को नयाँ गीत सार्वजनिक (भिडियो) − Kalakarita
फिल्म ‘बाह्र मा से’ को नयाँ गीत सार्वजनिक (भिडियो)

सोमबार, चैत्र १२, २०७४, ०१ : ५६कलाकारिता

चैत्र १० काठमाडौं, १२ चैत – चलचित्र ‘१२ मासे’ को ढिक्के फुली बोलको नयाँ गीत सार्वजनिक भएको छ । आमा पार्वती देवी फिल्म्सको प्रस्तुतिमा बन्न लागेको उक्त चलचित्रमा जय किशन बस्नेत र पूजना प्रधानको मुख्य अभिनय रहेको छ ।

अहिलेका निकैनै व्यस्त र चर्चित संगीतकार अर्जुन पोखरेल को संगीत रहेको उक्त गीत मा इन्जिनियर सागर खरेल को शब्द रहेको छ भने आवाज रहेको छ गायक कृष्ण पाण्डेको ।

फुल्ली कमेडी भनिएको यस चलचित्रमा प्रदिप पाठक (नक्कली प्रचण्ड )को कथा र निर्माण रहेको छ ।

शिव बिकको कोरियोग्राफी रहेको यस चलचित्र मा सुशील सैजु को प्रोडक्सन रहेको छ । चलचित्रमा जय किशन बस्नेत पुजना प्रधान का अलावा मरिच मान श्रेष्ठ (बल्छी धुर्बे ),पुरण थापा ,सोनीका बास्तोला ,सबनम दाहाल,राधा श्रेष्ठ (राम प्यारी ) र प्रदिप पाठक (नक्कली प्रचण्ड )को पनि अभिनय रहेको छ ।

यस चलचित्रमा बासु न्यौपाने को छायांकन ,अनन्त घिमिरेको सम्पादन रहेको छ भने चलचित्रलाई हास्य पिता लय संग्रौलाको निर्देसन रहेको छ र चलचित्रलाई जेठ ११ गते रिलिज मिति तोकिएको छ ।

(इमेलमा प्राप्त यो समाचार कलाकारिता टिमबाट सम्पादन गरिएको छैन ।)


तपाईंको प्रतिक्रिया