मलाई स्वास्नीमान्छे बन्न तीन घण्टा लाग्थ्योः राजेश हमाल − Kalakarita
मलाई स्वास्नीमान्छे बन्न तीन घण्टा लाग्थ्योः राजेश हमाल

मंगलबार, चैत्र २७, २०७४, १० : ५६कलाकारिता

काठमाडौं, २७ चैत – महानायक राजेश हमाल बिहे गरेपछि फिल्मी दुनियाँभन्दा धेरै व्यक्तिगत दुनियाँमा रमाएका छन् । खासै मिडियामा पनि नदेखिने हमाल चल्तीका मिडियामा भने बेलाबेलामा भेटिन्छन् । यसैबीच उनले एक टिभी कार्यक्रमलाई अन्तर्वार्ता दिने क्रममा आफूलाई स्वास्नीमान्छे बन्न तीन घण्टा लागेको बताएका छन् ।

उनी स्वास्नीमान्छे फिल्मका लागि भएका थिए । उनको पछिल्लो फिल्म ‘शकुन्तला’ मा उनले महिलाको भूमिका निभाएका थिए ।

त्यतिबेला उनले आफूले महिलालाई अझ कति गाह्रो छ भनेर बुझ्न पाएको बताएका छन् । ‘मलाई महिला बन्न तीन घण्टा लाग्थ्यो, मैले शकुन्तला फिल्म खेलेर के बुझें भने स्वास्नीमान्छेलाई अझ कति गाह्रो छ ।’, उनले भनेका छन् ।

त्यसो त राजेश हमालको यो फिल्म व्यावसायिक रुपमा खासै सफल बन्न सकेन । उक्त फिल्मपछि राजेश हमाल अन्य कुनै फिल्ममा भने देखिएका छैनन् । तर, फिल्मकै कार्यक्रम र विभिन्न देशको भ्रमणमा उनले आफ्नो समय व्यतित गरिरहेका छन् ।


तपाईंको प्रतिक्रिया