‘यो पागल मन’ ले गर्‍यो ट्रेलर सार्वजनिक − Kalakarita
‘यो पागल मन’ ले गर्‍यो ट्रेलर सार्वजनिक

शनिबार, जेठ २६, २०७५, ०८ : ५६कलाकारिता

काठमाडौं, २६ जेठ – असार २९ गते सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘यो पागल मन’ को ट्रेलर सार्वजनिक गरेको छ ।

कल्याण अधिकारी निर्देशित चलचित्रलाइ वीरेन्द्र कुमार यादव र कल्याणले मिलेर निर्माण गरेका हुन् । प्रेमकथामा आधारित यो चलचित्रमा विनोद न्यौपाने, ऋचा सिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, विशाल श्रेष्ठ, एनी कुँवर लगाएतको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको चलचित्र लाइ शम्भु सापकोटाले खिचेका हुन् ।

अनिल गौतमको सम्पादन रहेको चलचित्रमा भोमन कटुवालको मुख्य सहायक निर्देशन रहेको छ । कमल राइको कोरियोग्राफी रहेको चलचित्रमा द्वन्द निर्देशन राजु किरांतको रहेको छ भने सामिप्यराज तिमल्सिनाको पटकथा संवाद रहेको छ ।


तपाईंको प्रतिक्रिया