नेपाल आइडलकी सुजाताको गीतमा रीमाको अभिनय − Kalakarita
नेपाल आइडलकी सुजाताको गीतमा रीमाको अभिनय

सोमबार, फागुन २८, २०७४, ११ : ५६कलाकारिता

काठमाडौं, २८ फागुन – नेपाल आइडलमा टप टेनमा परेकी बुटवलकी सुजाता पाण्डेले नयाँ गीत सार्वजनिक गरेकी छिन् । उक्त गीतको भिडियोमा आइडलकी होस्ट रीमा विश्वकर्माले अभिनय गरेकी छिन् ।

‘कोही भन्छन्’ बोलको गीतमा सुजाता पाण्डेको स्वर छ । त्यस्तै गीतमा रुद्र ज्ञवालीको शब्द र तेजप्रसाद पाण्डेको संगीत छ । त्यस्तै गीतलाई चन्द सिंहले एरेन्ज गरेका हुन् ।

साथै गीतको भिडियोमा रीमा विश्वकर्मा र निराजनले अभिनय गरेका छन् । भिडियोको निर्देशन लक्ष्मण पौडेलले गरेका हुन् ।


तपाईंको प्रतिक्रिया