रजनीश ‘ओशो’ माथि फिल्म बन्ने, ओशो बन्नेछन् यी स्टार − Kalakarita
रजनीश ‘ओशो’ माथि फिल्म बन्ने, ओशो बन्नेछन् यी स्टार

मंगलबार, फागुन २२, २०७४, ०३ : ५७कलाकारिता

मुम्बई – बलिउड अभिनेता रणवीर सिंह आजभोलिका दिनमा निर्देशकको पहिलो रोजाइमा पर्न थालेका छन् । चलचित्र ‘पद्मावत’ को सफलतापछि यी अभिनेता अझै व्यस्त बनेका हुन् ।

सञ्जय लीला भन्साली, कबिर खान, आदित्य चोपडा र रोहित सेट्टीसँग काम गरिसकेका यी अभिनेतालाई धर्मा प्रोडक्सनको एक फिल्ममा कास्ट गरिएको छ ।

खबरका अनुसार करण जोहरले ओशो (रजनीश आचार्य) को बायोपिक फिल्म बनाउँदै छन् । ओशोको भूमिका निभाउनका लागि उनले रणवीर सिंहलाई कास्ट गरेका हुन् । धर्मा प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मलाई शकुन बन्नाले निर्देशन गर्दैछन् ।

ओशोको बायोपिक फिल्म ठूलो बजेटमा निर्माण गरिने भएको छ । यस बायोपिक फिल्मलाई हिन्दी सहित अन्य भाषामा पनि निर्माण गरिनेछ । फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पनि रिलिज गरिनेछ ।

विश्वभर ओशोका फ्यान छन् । आृेशोले आफ्नो जीवनकालमा कैयन् दर्शन दिएका छन् । साथै उनले रुढीवादी धर्मको आलोचना पनि गरेका छन् । उनी आध्यात्मिक गुरु पनि हुन् । नेपालमा पनि ओशोका लाखौं समर्थक छन् ।


तपाईंको प्रतिक्रिया