राजधानीमा जुट्दै ‘डमरुको डन्डिबियो’ टिम − Kalakarita
राजधानीमा जुट्दै ‘डमरुको डन्डिबियो’ टिम

मंगलबार, वैशाख ४, २०७५, ०८ : ५७कलाकारिता

काठमाडौं, ४ वैशाख – चलचित्र डमरुको डन्डीबियो टिम मोफसल टुरबाट राजधानी फर्किएको छ । अभिनेता खगेन्द्र लामिछानेसहितको टोली पोखरा, बुटवल, नारायणढ र धरानमा एक हप्ता प्रचारका लागि पुगेपछि काठमाडौं फर्केको हो । चलचित्रले अब राजधानी केन्द्रित प्रचार गर्नेछ ।

गत सातादेखि राजधानीका विभिन्न स्थानमा ठ्याक लगाउने प्रतिस्पर्धा चलिरहेको छ ।

चलचित्रमा खगेन्द्रका अलावा अभिनेता अनुप बराल, अभिनेत्री मेनुका प्रधान, कलाकारहरु बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा, मिश्री थापा लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई विनोद गुरुङ र नोर्वु छिरिङ घलेले निर्माण गरेका हुन् ।

छेतेन गुरुङको निर्देशन रहेको फिल्म डन्डिबियो खेलसँग सम्बन्धित छ । चलचित्र यही वैशाख २१ गतेबाट प्रदर्शनमा आउनेछ ।


तपाईंको प्रतिक्रिया