‘कृ’ को गीत सार्वजनिक, भुवनको ठाउँमा अनमोल − Kalakarita
‘कृ’ को गीत सार्वजनिक, भुवनको ठाउँमा अनमोल

शुक्रबार, फागुन ४, २०७४, ०५ : ५७कलाकारिता

काठमाडौं, ४ फागुन – हल रिलिज भइसकेको चलचित्र ‘कृृ’ को गीत सार्वजनिक गरिएको छ । भुवन केसीको सुपरहिट चलचित्र ‘सम्झना’ को गीतलाई रिमेक गरी तयार पारिएको गीतमा अल्मोडा राना उप्रेतीले स्वर दिएका छन् ।

चलचित्र ‘सम्झना’ मा भुवन केसी र तृप्ति नाड्करले नाचेका थिए भने ‘कृ’ मा समावेश गरिएको गीतमा अनमोल केसी र अदिति बुढाथोकी फिचरिङमा छन् ।

सिनेमा घरमा प्रदर्शन भइरहेको ‘कृ’ पहिलो हप्ता सुखद व्यापार गरेको छ ।

अनमोल, अदिति, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, रोहित भण्डारी लगायतका कलाकारले अभिनय गरेको चलचित्र ‘कृ’ लाई सुरेन्द्र पौडेलले निर्देशन र सम्पादन गरेका हुन् । कथा पनि निर्देशक पौडेलकै हो भने प्रदीप भारद्वाज र आशिष रेग्मीले पटकथा तथा संवाद लेखेका छन् ।

https://www.youtube.com/watch?v=nsquj4B8Wi0


तपाईंको प्रतिक्रिया