बिहीबार, चैत्र १५, २०७४, ०२ : ५७
कलाकारिता


काठमाडौं, १५ चैत – चर्चित गायिका विष्णु माझी आजभोलि कतै देखिँदैनिन् । न त सार्वजनिक कार्यक्रममा जान्छिन्, न त कतै अन्तर्वार्तामा देखिन्छन् । यतिबेला गायक विष्णु माझीको गीत सार्वजनिक भएको छ ।
जोगी बोलको गीतमा प्रेम प्रताडितका भावना समावेश छन् । गीतमा विष्णु माझी र विशाल सोनीको स्वर छ भने ऋषि खडकाले संगीत दिएका छन् । त्यस्तै गीतमा कमला, अमित र पूर्णका शब्द छन् ।
भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् भने सरिना केसी र विपेश घिमिरेले अभिनय गरेका छन् । भिडियोको सम्पादन मिलन विकले गरेका हुन् ।
तपाईंको प्रतिक्रिया