अनुप र सन्दिपाको ‘कप्स’ को यसरी हुँदैछ शूटिङ (भिडियो रिपोर्ट) − Kalakarita
अनुप र सन्दिपाको ‘कप्स’ को यसरी हुँदैछ शूटिङ (भिडियो रिपोर्ट)

सोमबार, जेठ २१, २०७५, १० : ५७कलाकारिता

काठमाडौं, २१ जेठ – चलचित्र ‘कप्स’ यतिबेला फिल्मको शूटिङमा व्यस्त छ । तर, फिल्मका बारेमा खासै समाचार बाहिर आएका थिएनन् ।

आइतवार फिल्म युनिटले काठमाडौंको बसुन्धरा हाइटमा अवस्थित एक क्लबमा फिल्मको छायांकन ग–यो । शूटिङ स्थलमा अनुपविक्रम मुख्य केन्द्रका रुपमा रहेका थिए । उनी यो फिल्ममा एक शक्तिशाली प्रहरी शक्तिका रुपमा देखिँदैछन् । फिल्मको एक दृश्यमा उनले बहालवाला गृहमन्त्रीलाई पक्राउ गरेको देखाइएको छ ।

पानीले केही घण्टा प्रभावित पारेपनि फिल्मको शूटिङ भने प्रभावकारी भएको थियो । यो फिल्ममा अभिनेत्रीका रुपमा सन्दिपा लिम्बु रहेकी छिन् । भने मुख्य भूमिका अनुपकै रहनेछ, फिल्मले समाजका विसङ्गतिलाई पनि उठाएको निर्देशकले बताए ।

यो चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गर्दैछन् ।

पछिल्लोपल्ट मंगलबार, जेठ २२, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया