काठमाडौं, २५ फागुन – पछिल्लो समय नेपाली चलचित्रहरु युट्युबमा सबैभन्दा धेरै हेरिनेमा पर्छन् । चाहे ती गीत होऊन्, चाहे फिल्मका ट्रेलर नै किन नहोऊन् । यसै भीडमा टेलिश्रृंखलाले पनि आफ्नो हिस्सा ओगटेको छ ।
आज पनि युटुयुबको नेपाल ट्रेन्डिङमा पनि फिल्मकै खुराक छन् । आज चलचित्रको पहिलो ट्रेन्डिङमा चलचित्र ‘लिलीबिली’ को गीत पहिलो नम्बरमा छ ।
यही हप्ता रिलिज भएको चलचित्रको ट्रेलर अभिनेता प्रदीप खड्का र जसिता गुरुङको चलचित्र हो भने फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । ट्रेलर रिलिजपछि यो ट्रेलरले टेन्डिङको नम्बर एकमा आफूलाई कायम गरिरहेको छ ।
त्यस्तै हास्य टेलिश्रंखला ‘भद्रगोल’ पनि लामो समयदेखि ट्रेन्डिङमै बस्न सफल भएको छ । त्यसो त यो श्रंखलाको हरेक भाग युट्युबको ट्रेन्डिङमा हुन्छन् । आज यो श्रंखला नम्बर दुईमा छ ।
त्यस्तै चलचित्र ‘शत्रु गते’ को ट्रेलर पनि नेपाल ट्रेन्डिङको तेस्रो नम्बरमा छ । हास्य जानरामा निर्माण भएको चलचित्रलाई ‘जात्रा’ का निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्र ट्रेलरमा धेरै हास्य कलाकारको भूमिका देख्न सकिन्छ तर ती सबै पल र आँचलको बिहे वरिपरि घुमेका छन् ।
अर्को संयोग के छ भने चलचित्रको चार नम्बर ट्रेन्डिङ चारमा दक्षिण भारतीय फिल्म छ । त्यस्तै मेरी बास्सै पाँचौमा छ । त्यसपछि नेपाली फिल्म ‘लप्पन छप्पन’ छ ।
यसरी हेर्दा आजभोलि युट्युबमा धेरै खोजिनेमा चलचित्रसम्बन्धी खुराक नै पर्न थालेका छन् ।
तपाईंको प्रतिक्रिया