भाइरल भएपछि डराइन् प्रिया प्रकाश, आखिर किन? − Kalakarita
भाइरल भएपछि डराइन् प्रिया प्रकाश, आखिर किन?

बिहीबार, फागुन ३, २०७४, ११ : ५८कलाकारिता

मुम्बई – आँखाकै कारण धेरैको ‘क्रस गर्ल’ बनेकी प्रिया प्रकाश वरियर रातारात यति चर्चित भइन् कि, जताततै उनकै कुरा चल्यो ।
उनको आभा र मुस्कानले धेरैको मन चो–यो । यतिसम्म कि, उनी इन्स्टाग्राममा फेमस सेलिब्रेटी पनि बनिन् । तर कहिलेकाहीं चर्चित हुनु पनि गलत हुन्छ भनिन्छ ।

त्यस्तो के भएको थियो र भाइरल भएर चर्चित हुँदा उनी डराइन् त?

अचानक यति धेरै बहुचर्चित हुँदा प्रिया डराएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । चर्चित त बनिन् तर यस्तो अवस्थामा कस्तो प्रतिक्रिया दिने भनेर उनलाई समस्या परेको छ । उनका परिवारले पनि चिन्ता व्यक्त गरेका छन् ।

जुन फिल्मको गीतले उनलाई भाइरल बनायो, त्यो फिल्म अझै रिलिज भएको छैन । एउटा गीत र टिजरले रातारात हिट हुनु त सामान्य कुरा हैन, तर यही चिन्ता अपत्यारिलो लागेर प्रिया डराएकी छिन् ।

प्रियाकी आमाले भनेकी छिन्, ‘प्रिया यसरी चर्चित हुँदा उनी चिन्तामा परिन्, त्यसैले हामीले होस्टेल पठाइदिएका छौं ।’

फिल्म अझै रिलिज भएको छैन । त्यसैले निर्देशकले प्रियालाई अन्तर्वार्ता दिन पनि दिएका छैनन् । तर प्रिया भने अन्तर्वार्ता दिइरहेकी छिन् ।

प्रियाकी आमाले छोरीले फिल्ममा काम गर्न चाहन्छे भन्ने पनि नसोचेको बताइन् । ‘उसले अडिसन दिई, र सेलेक्ट भई ।’

प्रियाका एकै दिनमा २ मिलियन फलोअर्स बनेका छन् । हालै उनको मलयालम फिल्म ‘ओरु अदार लभ’ को टिजर पनि रिलिज भएको छ ।टिजरमा आँखा मार्नेसँगै बन्दुक पनि चलाएकी छिन् उनले ।


तपाईंको प्रतिक्रिया