काठमाडौं, १२ वैशाख – मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘ह्याप्पी डेज’ को गीत सार्वजनिक भएको छ । ‘सुस्त यो’ बोलको गीत मेलोडी शैलीको छ ।
गीतमा ताराप्रकाश लिम्बु र दीपा लामाले स्वर दिएका छन् भने ताराप्रकाश लिम्बुको संगीत छ । त्यस्तै गीतका शब्द नरेश भट्टराईले लेखेका हुन् । केही दिनअघि मात्र चलचित्रले रथ यात्रा गरेर चर्चा कमाएको थियो ।
गीतको भिडियोमा दयाहाङ राई र प्रियंका कार्कीलाई फिचरिङ गरिएको छ । फिल्मलाई भवानी शर्मा, हिराल जोशी र मिलन चाम्सले निर्माण गरेका हुन् । त्यस्तै छायांकन रामकुमार केसी र सम्पादन अर्जुन जिसीको रहेको छ ।
फिल्म यही शुक्रवारबाट रिलिज हुँदैछ ।
तपाईंको प्रतिक्रिया