

मुम्बई – कालो हरिण शिकार केशमा मुछिएका सलमान खान शुक्रवार राति पनि भारतको जोधपुरको सेन्ट्रल जेलमा बस्नुपर्नेछ । कोर्टले उनको जमानत शनिवार बिहानसम्मका लागि सुरक्षित राखेको छ । बिहीवार सलमान खानलाई कोर्टले दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो । यस फैसलाले सलमानका तमाम फ्यानलाई दुःखी बनाएको छ ।
कोर्टको फैसलापछि बलिउडमाको कैयन् सेलिब्रेटी सलमान खानलाई भेट्न आएका छन् भने कतिले उनलाई सपोर्ट गरिरहेका छन् । उता बागी २ का निर्माताले समेत फिल्मको सक्सेस पार्टी क्यान्सिल गरेका छन् ।
सलमान खानकी नजिककी साथी प्रीति जिन्टा पनि सलमान खानलाई भेट्न जोधपुर पुगिन् । शुक्रवार अभिनेत्री प्रीति जिन्टा सलमानलाई भेट्न जोधपुर जेल पुगेकी हुन् । भारतीय समाचार माध्यमका अनुसार दुवैका बीच सेन्ट्रल जेलमा लामो समयसम्म कुराकानी भयो । जिन्टा शुक्रवार बिहानै जोधपुर पुगेकी थिइन् ।
यी दुईले आधा दर्जन फिल्ममा सँगै काम गरेका छन् ।
तपाईंको प्रतिक्रिया