अब पल शाहको करिअर कता ?

मंगलबार, जेठ ७, २०७६, १२ : ५८कलाकारिता

काठमाडौं – केही वर्षदेखि अभिनेता पल शाहलाई ठूलो स्टारडम भएका कलाकारका रुपमा हेरियो । म्युजिक भिडियोमा पनि उनको उत्तिकै क्रेज देखियो, जुन क्रेज अहिले पनि छ । तर, फिल्ममा भने पलले कुनै कमाल गर्न सकेनन् ।

हालै पल अभिनित फिल्म ‘वीर विक्रम २’ रिलिज भएको छ । ‘जोनी जेन्टलम्यान’ फ्लप भएपछि उनले केही समय ग्याप लिएर चलचित्र ‘शत्रु गते’ मा अभिनय गरेका थिए । यो फिल्ममा पलको अभिनयको राम्रै चर्चा भयो । तर, फिल्म पलका कारणले भन्दा पनि अरु हास्य कलाकार भएका कारण चलेको भनियो । जसकारण पल शाहले यो फिल्मबाट क्रेडिट लिन पाएनन् ।

यतिबेला हलमा रिलिज भएको फिल्म ‘वीर विक्रम २’ पलकै कारणले चल्नुपर्ने हो तर यो फिल्मलाई पनि दर्शकले पत्याएनन् । पलले दर्शकमाझ आफ्नो क्रेज देखाउन सकेनन् । त्यसो त फिल्मको कथा नै राम्रो नभएपछि कलाकार तथा निर्देशकले ले के नै गर्न सक्छ र ?

पलले मिलन चाम्सको ब्यानरलाई राम्रो ब्यानर भन्दै छानेका थिए । तर, फिल्म व्यावसायिक हिसाबले मात्र होइन, समीक्षकका हिसाबले पनि पूर्ण असफल रह्यो । यो फिल्मले पल शाहको वृत्ति (करिअर) मा असर पारेको धेरैले आँकलन गरेका छन् । असर त पार्ला या नपार्ला तर फाइदा भने खासै दिएन फिल्मले ।

त्यसो त अर्को फिल्म रिलिज हुँदा पुनः पलको कमाल देखिन सक्ने सम्भावना त यथावत् छ । तर उनले अभिनयमा भने कुनै सुधार नगर्दा पललाई थप चुनौती थपिएको छ । अबका दिनमा कसरी अगाडि बढ्ने र कस्ता फिल्ममा काम गर्नेमा पलले विचार पुर्‍याउन दर्शकले अनुरोध गर्न थालेका छन् ।

यसमा तपाईंको विचार

नोट : तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन र गोप्य राखिनेछ ।