बिहीबार, चैत्र १५, २०७४, ०१ : ५८
कलाकारिता


काठमाडौं, १५ चैत – काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरले ‘अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव’ गर्ने भएको छ ।
फेस्टिभलमा बंगलादेश, फ्रान्स, हङकङ, भारत, नेपाल, स्कटल्याण्ड, बेलायत लगायतका देशका नाटक मञ्चन गरिनेछ । अप्रिल चैत १९ गतेदेखि चैत २२ सम्म महोत्सव चल्नेछ ।
अन्तर्राष्ट्रिय स्तरका कलाकारलाई लिएर नेपालमा पहिलो फेस्टिभल आयोजना गर्न लागिएको बताइएको छ ।
महोत्सव कालिकास्थानस्थित सर्वनाम थिएटरमा चल्नेछ भने टिकट मूल्य रु. २०० तोकिएको छ । सर्वनामले आफ्नो ३४ वर्ष पुगेको अवसर पारेर महोत्सव आयोजना गर्न लागेको हो ।
तपाईंको प्रतिक्रिया