ज्ञान सुब्बाको ‘कति सम्झें’ सार्वजनिक − Kalakarita
ज्ञान सुब्बाको ‘कति सम्झें’ सार्वजनिक

आइतबार, वैशाख २, २०७५, ०९ : ५८कलाकारिता

काठमाडौं, २ वैशाख – गायक ज्ञान सुब्बाले नयाँ गीत बजारमा ल्याएका छन् । युट्युबमार्फत उनले ‘कति सम्झें’ बोलको गीत बजारमा ल्याएका हुन् ।

गीतमा संगीत दिनेश सुब्बाको रहेको छ भने शब्द छेवाङ लामाका रहेका छन् । गीतमा स्वर ज्ञान सुब्बाकै रहेको छ ।

त्यस्तै गीतको भिडियोमा दीपक कार्कीर क्रिष्टिना थापाले अभिनय गरेका छन् । उत्सव दाहालको छायांकन रहेको छ भने सोनम पाख्रिनले निर्देशन गरेका हुन् ।


तपाईंको प्रतिक्रिया