‘एभेन्जरः इन्ड गेम’ को ट्रेलर रिलिज, आन्टम्यानको इन्ट्री (भिडियो) − Kalakarita
‘एभेन्जरः इन्ड गेम’ को ट्रेलर रिलिज, आन्टम्यानको इन्ट्री (भिडियो)

शनिबार, मंसिर २२, २०७५, ०१ : ५८कलाकारिता

काठमाडौं । मार्भलले निर्माण गरिरहेको फिल्म एभेन्जर सिरिजको ‘एभेन्जरः इन्ड गेम’ को ट्रेलर सार्वजनिक भएको छ । विश्वभर प्रतीक्षित बनेको यो ट्रेलरलाई मार्भलले युट्युबमार्फत सार्वजनिक गरेको हो ।

‘एभेन्जरः इन्फिनिटी वार’ पछि फिल्मको चर्चा अझ बढी भइरहेको छ । उक्त भागमा थनोसले सबै शक्ति पाएको थियो भने केही सुपरहिरोको मृत्यु भएको थियो । रिलिज गरिएको ट्रेलरमा आन्ट म्यानलाई पनि देखाइएको छ ।

योसँगै फिल्मलाई लिएर विभिन्न अड्कलबाजी काट्न थालिएको छ । यो भागमा बाँकी रहेका सुपरहिरो मिलेर थनोसलाई हराउनुपर्नेछ । यसका लागिसुपरहिरोले योजना बनाउनेछन् ।

पहिले फिल्म ‘एभेन्जर ४’ को नाममा आउने हल्ला थियो । आधिकारिक रुपमा मार्भलले फिल्मको नाम ‘एभेन्जरः इन्ड गेम’ सार्वजनिक गरेको हो ।

चलचित्र सन् २०१९ को अप्रिलमा रिलिज हुँदैछ ।


तपाईंको प्रतिक्रिया