सञ्जय दत्तले साइने गरे यो कमेडी फिल्म − Kalakarita
सञ्जय दत्तले साइने गरे यो कमेडी फिल्म

बुधबार, चैत्र ७, २०७४, १० : ५८कलाकारिता

मुम्बई – बलिउड अभिनेता सञ्जय दत्त यतिबेला फिल्म ‘साहब और, बीवी और ग्याङस्टर’ को शूटिङमा व्यस्त छन् । यसैबीच उनले नयाँ प्रोजेक्ट पनि साइन गरेका छन् । उब उनी एक म्युजिकल कमेडी फिल्ममा देखिने भएका हुन् ।

यस फिल्मको नाम ब्लकबस्टर हुनेछ, जसलाई अजय र अवल अरोडाले निर्देशन गर्दैछन् । फिल्म आउँदो अप्रैलदेखि फ्लोरमा जाने भएको हो ।
यस फिल्मलाई पनि धमाल, गोलमाल रिटन्र्स, हाउसफूल २ लेखेका साजिद–फरहादले यस फिल्मको कहानी लेख्नेछन् ।

सञ्जय बाहेक अन्य कलाकार भने अझै तय भइसकेका छैनन् ।


तपाईंको प्रतिक्रिया