यो मितिमा आउने भयो डिट्ठाको ‘चंगा’ − Kalakarita
यो मितिमा आउने भयो डिट्ठाको ‘चंगा’

मंगलबार, फागुन ८, २०७४, ०८ : ५९कलाकारिता

काठमाडौं, ८ फागुन – हास्य टेलिश्रृङ्खला ‘डिट्ठा साप’ का निर्देशक किशोर भण्डारी निर्देशित चलचित्र ‘चंगा’ ०७५ को जेठ २५ मा रिलिज हुने भएको छ ।

चलचित्रलाई मोफसलमा एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ भने उपत्यका वितरणको जिम्मा रिच इन्टरटेनमेन्टले लिएको छ । मंगलवार निर्देशक भण्डारी र वितरण कम्पनीबीच सम्झौता भयो ।

चलचित्र हास्य जानरामा निर्माण भएको हो । निर्देशक भण्डारीले नै चलचित्रको कथा लेखेका हुन् ।

बुद्धि तामाङ, कमलमणि नेपाल, रेश्मा तिमिल्सिना, अंकित खड्का, जीवन भट्टराई, राजन खतिवडा लगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् भने रविन आचार्यको छायांकन छ ।

चलचित्रलाई रेश्मा तिमल्सिनाले निर्माण गरेकी हुन् । यतिबेला चलचित्र सम्पादनका क्रममा छ ।


तपाईंको प्रतिक्रिया