

काठमाडौं, १२ जेठ – युवा स्टार अनमोल केसीलाई लिएर निर्देशक तथा नायिका झरना थापाले नयाँ फिल्म निर्देशन गर्ने भएकी छिन् ।
अनमोलसँग चलचित्र ‘ए मेरो हजुर ३’ मा झरना थापाकी छोरी सुहानी थापाले नायिकाका रुपमा डेब्यु गर्न लागेकी हुन् ।
यसअघि ‘ए मेरो हजुर २’ बाट झरना थापाले निर्देशनमा डेब्यु गरेकी थिइन् । यो फिल्मबाट सुहानीले डेब्यु गर्नेछिन् ।
भदौदेखि छायांकनमा जाने भनिएको फिल्मका बारेमा अरु भने खासै सार्वजनिक गरिएको छैन । सम्भवतः यो फिल्म अर्को वर्षको शुरुमै रिलिज हुने भनिएको छ । चलचित्रलाई झरना थापाले नै निर्देशन गर्नेछिन् भने सनील कुमार थापा निर्माताका रुपमा रहनेछिन् ।
तपाईंको प्रतिक्रिया