कपिल शर्माले भने, मलाई निको हुन समय चाहिएको छ − Kalakarita
कपिल शर्माले भने, मलाई निको हुन समय चाहिएको छ

बिहीबार, वैशाख ६, २०७५, ११ : ५९कलाकारिता

मुम्बई – भारतीय कमेडियन कपिल शर्मा दुनियाँलाई हसाउँथे । यतिबेला भने उनी मानसिक तनावले बिरामी परेका छन् । कमेडियनमा भारतभर मात्र नभएर विदेशमा समेत राम्रो छाप पारेका कपिल शर्मा केही समयदेखि तनावमा परेका हुन् ।

बितेका एक वर्ष उनको जीवनमा विभिन्न आरोह अवरोह आइरहेका छन् । आफ्नो कमब्याक शो ‘फ्यामिली टाइम वीथ कपिल’ ले पनि राम्रो हाइप लिन सकेन । शो केही समयका लागि बन्द नै भएको छ ।

कपिल शर्माले एक अन्तर्वार्तामा आफू सम्हालिनका लागि केही समय लाग्ने बताएका छन् । ‘मलाई आफ्नो लागि केही समय चाहिएको छ, म लामो समयदेखि मेहनत गरिरहेको छु, केही चिज पाइपलाइनमा छन्, नयाँ प्रोजेक्टका बारेमा म छिट्टै बताउँला ।’, उनले भनेका छन् ।

हालै कपिलको एक अडियो लिक भएपछि उनको धेरैले आलोचना गरेका थिए । जो साँचो होइन, ती पढ्दा आफूलाई दुःख लागेको उनले बताए । साथै अब भने उनी नकारात्मक कुरालाई ध्यान नदिएर सकारात्मक कुरालाई ध्यान दिनेगरी अगाडि बढ्न खोजेको बताएका छन् ।

बितेको वर्ष कपिल शर्माको झगडा अर्का कमेडियन सुनील ग्रोबरसँग भएको थियो । त्यसबेला देखि उनलाई लिएर मिडियामा विभिन्न समाचार आइरहेका छन् । कन्ट्रोभर्सीमा परेपछि सुनील र कपिल शर्मा छुट्टिएका थिए ।


तपाईंको प्रतिक्रिया